काठमाडौ । नेपाली कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशक (नीति तर्फ) को पदमा तनहुँका डा. जगदीशचन्द्र पोख्रेललाई नियुक्त गरेको छ।
नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ तथा नेपाली कांग्रेसको नियमावली, २०७६ को परिच्छेद १२, नियम ३३ बमोजिम गठित उक्त समितिको निर्देशकमा पोख्रेललाई नियुक्त गरेका हुन् ।
पोख्रेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत हुन् ।