गण्डकी प्रदेशमा थपिए ८ कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकी प्रदेशमा थपिए ८ कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    २६ श्रावण २०७७, मंगलवार

    पोखरा । गण्डकी प्रदेशमा मङ्गलबार ८ जना कोरोना सङ्क्रमित थपिएका छन् । बागलुङ, तनहुँ र कास्कीका ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    बागलुङ नगरपालिका-४ का २२ वर्षीया महिला, बागलुङ नगरपालिका-३ का ३९ वर्षीय पुरुष, तनहुँको बन्दीपुर गाउँपालिका-६ का १९ र बन्दीपुर गाउँपालिका-३ का २९ वर्षीय पुरुष, कास्कीको पोखरा महानगरपालिका-५ का १९ वर्षीय पुरुष, पोखरा महानगरपालिका-३० वर्षीय पुरुष, पोखरा महानगरपालिका-५ की ३८ र पोखरा महानगरपालिका-१७ की ४५ वर्षीया महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

    योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ६ सय ३१ पुगेको छ ।