व्यास डाइग्नोष्टिकद्वारा मिर्गौला पीडित श्रेष्ठलाई आर्थिक सहयोग, रक्त परीक्षण निःशुल्क गरिदिने घोषणा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यास डाइग्नोष्टिकद्वारा मिर्गौला पीडित श्रेष्ठलाई आर्थिक सहयोग, रक्त परीक्षण निःशुल्क गरिदिने घोषणा

    खबरपुञ्ज संवाददाता

    ३० श्रावण २०७७, शनिबार

    तनहुँ । तनहुँको व्यास नगरपालिका–३ स्थित व्यास डाइग्नोष्टिक ल्यावोरेटरी प्रालिले दुवै मिर्गौला पीडित व्यास नगरपालिका–४ निवासी रामलाल श्रेष्ठलाई आर्थिक सहयोग गरेको छ । प्रालिले मिर्गौला पीडित श्रेष्ठलाई शनिबार रु ५ हजार १५ सहयोग गरेको हो ।

    उक्त रकम प्रालिका अध्यक्ष सुरेश तिमिल्सिनाले मिर्गौला पीडित श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । करेन्ट लागेर छोरा गुमाउनुभएका मिर्गौला पीडित श्रेष्ठ परिवारमा थप पीडा थपिएकाले उहाँको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्य सहित सहयोग गरिएको तिमिल्सिनाले बताउनुभयो ।

    प्रालि भएकै भवनमा रहेको वल्र्डलिङ्क कम्पनीमा कार्यरत सुवासको गत साउन २१ गते कामको शिलशिलामा करेन्ट लागेर निधन भएको थियो । “श्रेष्ठ परिवारमाथि एकैचोटी पीडा पर्न गयो, धेरै नै नसकेपनि उहाँहरुको घाउमा मलम लगाउने प्रयास स्वरुप प्रालिको तर्फबाट आर्थिक सहयोग गरेका हौ,” उहाँले भन्नुभयो ।

    व्यास डाइग्नोष्टिक ल्यावोरेटरी प्रालिले मिर्गौला पीडित श्रेष्ठको रगत, दिसापिसाब र खकार परीक्षण सम्पूर्ण निःशुल्क गरिदिने समेत सोही क्रममा घोषणा गरेको छ । रकम हस्तान्तरण कार्यक्रममा व्यास युथ क्लवका अध्यक्ष मिनबहादुर गुरुङ समेत उपस्थित हुनुहुुन्थ्यो ।