म्याग्देको कोरोना कोषमा सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्देको कोरोना कोषमा सहयोग

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले खडा गरेको प्रकोप कोषमा म्याग्दे गाउँपालिका–४ स्थित ओमी लघुवित्त वित्तीय संस्थाले रु दश हजार सहयोग गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्न खडा गरिएको कोषमा संस्थाले रु दश हजार सहयोग गरेको हो ।

    उक्त रकम संस्थाका प्रतिनिधिले आइतबार गाउँँपालिकाका अध्यक्ष मायादेवी रानालाई हस्तान्तरण गर्नुभयो । कोरोना जोखिम नियन्त्रणका लागि गाउँपालिकाको अभियानमा साथ दिएकामा रानाले उक्त संस्थाप्रति आभार व्यक्त गर्नुभयो ।