तनहुँ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गत असार २९ र त्यसपछि आएको बाढीले क्षति पु¥याएका संरचनाको आइतबार अनुगमन गर्नुभएको छ । मन्त्री गुरुङले भीमाद नगरपालिकाका विभिन्न स्थानमा बाढीले पु¥याएको क्षतिको अनुगमन गर्नुभएको हो ।
मन्त्री गुरुङले भीमाद नगरपालिका–४ स्थित मैदीखोलाको पुल, भीमाद नगरपालिका–८ स्थित अरौदीखोलाले गरेको कटान र भीमाद नगरपालिका–२ स्थित जिरो भन्ने ठाउँको पहिरोको अनुगमन गर्नुभयो । मन्त्री गुरुङले तीनै तहका सरकार मिलेर बाढी पहिरोले पु¥याएको क्षतिको पुनर्निर्माण र पुर्नस्थापना गर्ने बताउनुभयो ।
अनुगमनमा भीमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापा, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, भीमाद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापा लगायत सहभागी हुनुहुन्थ्यो ।