निषेधाज्ञा लागु गराउन एसपी नै सडकमा … (फाेटाे/भिडियाे सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    निषेधाज्ञा लागु गराउन एसपी नै सडकमा … (फाेटाे/भिडियाे सहित)

    खबरपुञ्ज संवाददाता

    ३२ श्रावण २०७७, सोमबार

    तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले सोमबार दिउँसो १२ बजेदेखि लागु हुने गरी व्यास नगरपालिका र भानु नगरपालिकामा निषेधाज्ञा जारी ग¥यो । व्यास नगरपालिकामा भदौ ७ गतेसम्म र भानु नगरपालिकामा भदौ १४ गतेसम्म निषेधाज्ञा जारी गर्ने प्रशासनको निर्णय छ । व्यास नगरपालिकाले आइतबार नै निर्णय गरेर सोमबारदेखि सबै क्षेत्र बन्द गर्न आह्वान ग¥यो । तर दमौलीका व्यवसायीले दिउँसो १२ः३० बजेसम्म पनि पसल बन्द गरेनन् ।

    ठिक १२ः३० बजे जिल्ला प्रशासन कार्यालय तनहुँबाट प्रहरी उपरिक्षक अरुण पौडेल कार्यालय जान निस्कनुभयो । अनसनचौतारा अगाडी आइपुगेपछि सबै पसलहरु खुल्ला देखेपछि उहाँ आफै सडकमा उत्रिएर पसल बन्द गराउन लाग्नुभयो । प्रहरी उपरिक्षक पौडेलले अनसन चौतारादेखि मुख्यचोकसम्मका सबै पसल बन्द गर्न व्यापारीलाई आग्रह गर्नुभयो । लगत्तै सबै व्यवसायी आ–आफ्ना पसल व्यवसाय बन्द गर्नेतर्फ लागे ।

    निषेधात्रा जारी गर्ने निर्णयको कार्यान्वयन नभएकाले उक्त निर्णय कार्यान्वयनका लागि आफूले शुरुवात गरेको प्रहरी उपरिक्षक पौडेलले बताउनुभयो ।

    तस्वीरहरु :

    भिडियाे