गण्डकी प्रदेशसभा आव्हान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकी प्रदेशसभा आव्हान

    खबरपुञ्ज संवाददाता

    ४ जेष्ठ २०८२, आईतवार

    पोखरा, ४ जेठ । गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु हुने भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले यही जेठ ११ गते दिउँसो २.०० बजेदेखि सुरु हुने गरी प्रदेशसभा बैठक आह्वान गरेका हुन् ।

    प्रदेश प्रमुख भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही जेठ ११ गते आइतबार दिउँसो २.०० बजेदेखि प्रदेशसभा भवनमा बैठक आरम्भ हुने गरी आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर अर्यालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।