


काठमाडौँ,३१ असार । अमेरिकामा भएको कार दुर्घटनामा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको छ ।
लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको कार दुर्घटनामा मृत्यु भएको हो । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।
दुवै जना नेपालका नागरिक रहेको भनिए पनि उनीहरूको नेपालको ठेगाना खुलेको छैन ।
लुइजियाना राज्य प्रहरीलाई उद्धृत गर्दै स्थानीय एक अनलाइनले लेखेको समाचारअनुसार १३ जुलाईको राति करिब ९ बजे भएको कार दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।
भारी वर्षाका कारण कार दुर्घटनामा परेको र उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे लुइजियाना राज्य प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रहरीले घटनासम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ ।