गण्डकी प्रदेशका पाँच जिल्लामा थपिए २४ कोरोना सङ्क्रमित, कास्कीमा मात्रै १६
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकी प्रदेशका पाँच जिल्लामा थपिए २४ कोरोना सङ्क्रमित, कास्कीमा मात्रै १६

    खबरपुञ्ज संवाददाता

    ५ भाद्र २०७७, शनिबार

    पाेखरा : गण्डकी प्रदेशमा शनिबार २४ कोरोना सङ्क्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विवरण अनुसार कास्की, तनहुँ, बागलुङ, स्याङ्जा, नवलपुरमा २४ सङ्क्रमित थपिएका हुन् ।

    स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार कास्कीमा १६, बागलुङमा एक, तनहुँमा दुई, स्याङ्जामा दुई र नवलपुरमा तीन जना सङ्क्रमित थपिएका छन् । कास्कीको पोखरा महानगरपालिका वडा नं ९ मा ६१ र ६ वर्षीया महिला, वडा नं ४ मा ३५, २२, २३, वडा नं ५ मा ३४, वडा नं ६ मा ३५, ६१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । त्यस्तै वडा नं ८ मा १९, २४, ४४ वर्षीया महिला र १६ वर्षीय पुरुष, वडा नं ९ मा ३५, वडा नं १६ मा ३०, वडा नं २७ मा ३० वर्षीय पुरुष र वडा नं ३० मा २७ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।

    बागलुङको बागलुङ नगरपालिका वडा नं २ मा २६ वर्षीय, तनहुँको भीमाद नगरपालिका वडा नं ३ मा ४८ र आँबुखैरेनी गाउँपालिका वडा नं ३ मा २९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । स्याङ्जाको वालिङ नगरपालिका वडा नं १३ मा ४५, फेदीखोला गाउँपालिका वडा नं २ मा ३०, नवलपुरको देवचुली नगरपालिका वडा नं ७ मा ४४, ४२ र कावासोती नगरपालिका वडा नं १६ मा ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    यो सँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ८ सय ६८ पुगेको छ ।