


दमौली, ३ साउन । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने एन्फा प्रेसिडेन्ट लिगका लागि दमौलीस्थित हैरान्स क्लव क्वालिफायर भएको छ।
शनिबार काठमाडौमा भएको खेलमा प्रोग्रेसिभ युवा क्लव सप्तरीलाई पराजित गर्दै हैरान्स लिगका लागि छनोट भएको हो । निर्धारित समयमा दुवै टिमबाट १/१ गोल भएपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा हैरान्स ६-५ गोल अन्तरले विजयी भएको छ ।
एन्फा प्रेसिडेन्ट लिगका लागि तनहुँको इतिहासमै पहिलो पटक हैरान्स छनोट भएको क्लवका सचिव उज्वल भट्टराईले जानकारी दिए ।