यी आठ कारण देखाउदै पूर्वराष्ट्रपतिको सक्रिय राजनीतिक यात्रा विराम लगायो एमालेले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    यी आठ कारण देखाउदै पूर्वराष्ट्रपतिको सक्रिय राजनीतिक यात्रा विराम लगायो एमालेले

    खबरपुञ्ज संवाददाता

    ७ श्रावण २०८२, बुधबार

    काठमाडौं, ७ साउन । नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई दल विशेषको सदस्य भएर राजनीतिमा सक्रिय हुनु उपयुक्त नहुने भन्दै सदस्यता नविकरण रोकेको छ । एमालेले नविकरण मात्र होइन कि कुनै पनि दलमा आवद्ध भएर कार्यकर्ता वा नेता हुने विषय नै संविधानको भावना र मर्म विपरित हुने समेत स्मरण गराएको छ ।

    पार्टीको हिजो र अस्तीसम्म चलेको केन्द्रीय कमिटीको नवौं बैठकका निर्णय सार्वजनिक गर्दै प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइए अनुसार भण्डारी राजनीतिमा आउने विषयले पार्टीको गम्भिर ध्यानआकर्षण भएको उल्लेख छ । एमालेले राष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन मिल्दैन भन्ने तर्क गरिंहदा संविधानको भाग ६ का विभिन्न धाराहरु स्मरण गराएको छ ।

    ‘ नेपालको संविधानको भाग ६ धारा (६१) मा राष्ट्रपतिको व्यवस्था गरेको छ । सोही धाराको २ मा राष्ट्रपति देशको राष्ट्रध्यक्ष हुने सोही धाराको ३ मा राष्ट्रिय एकताको प्रवद्र्धक,सोही धाराको ४ मा संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने र धारा २६७ को व्यवस्था बमोजिम नेपाली सेनाको परमाधिपति हुने व्यवस्था छ ’ संविधानलाई उधृत गर्दै विज्ञप्तिमा लेखिएको छ ।संविधानले यति गहन जिम्मेवारी दिएको व्यक्तिले फेरी राजनीतिमा फर्किएर दलको सदस्य हुने,नेता हुने विषय कल्पना गर्न नसकिने प्रमुख गौतमले बताउनुभयो । मध्यरातमा पार्टी केन्द्रीय कार्यालयमा सकिएको बैठकले भण्डारीको राजनीतिक पुनरागमनलाई अस्विकार गरेको हो ।

    एमालेले जारी गरेको विज्ञप्तीमा आठवटा कारण देखाउदै राष्ट्रपतिलाई पार्टीमा फर्काउने विषयमा विराम लगाएको हो । ‘मुलुकको राष्ट्रध्यक्ष,राष्ट्रिय गौरव,गणतन्त्रको प्रतिक,संविधानको पालनाकर्ता र संरक्षणकर्ता ,सेनाको परमाधिपती,साझा व्यक्तित्व र देशको अभिभावक भएकाले कुनै पनि दल विशेषको पार्टी सदस्य र कार्यकर्ता वा नेता हुने कुरा यो गौरवमय जिम्मेवारी लिएको व्यक्तिबाट सम्भव हुदैन र मिल्दैन भन्ने निष्कर्ष निकालेको छ’ एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ । बैठकले पूर्वराष्ट्रपतिलाई उच्च सम्मान गर्दै पूर्वराष्ट्रपति कै भूमिकामा बस्न आग्रह गरेको छ ।

    Press-Statement-Central-Committee-Saun-6