मेयर बालेन काठमाडौँको जनकपुर फिस हाउसमा, भन्छन्- तावा फिस खाँदा जनकपुरको याद आयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मेयर बालेन काठमाडौँको जनकपुर फिस हाउसमा, भन्छन्- तावा फिस खाँदा जनकपुरको याद आयो

    खबरपुञ्ज संवाददाता

    १७ श्रावण २०८२, शनिबार

    काठमाडौँ, १७ साउन । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँको नक्साल गैरीधारास्थित मिथिला थालीमा परिसरमा रहेको जनकपुर फिस हाउसमा पुगेर जनकपुरे माछाको स्वाद लिएका छन् ।

    मास्टरसेफ सन्तोष साह र उनका दाजु दिलिप साहले सञ्चालन गरिरहेको जनकपुर फिस हाउसमा पुगेर शनिबार साँझ मेयर शाहले माछाका परिकारको स्वाद लिएका हुन् ।

    “यहाँ तयार पारिएको माछाका परिकारमा तराईमा माछा खाएको स्वाद आयो, काठमाडौँमा जनकपुरे माछाको परिकार खान पाउँदा खुसी लाग्यो”, मेयर शाहले भने । मेयर शाह पत्नी सबिना काफ्लेसहित मिथिला थाली पुगेका थिए ।

    मास्टर सेफ साह काठमाडौँ महानगरका फूड सेफ्टीका कन्सलट्यान्ट पनि हुन् । साहले काठमाडौँको गैरीधारा, झम्सिखेल र गौशालामा मिथिला थाली रेष्टुरेन्ट सञ्चालनमा गरिरहेका छन् भने गैरीधारामा जनकपुर फिस हाउस पनि सञ्चालन गरिरहेका छन् । साथै जनकपुरमा आवासको सुविधासहित मिथिला थाली सञ्चालन गरिरहेका छन् ।

    पछिल्लो समय जनकपुरे माछाका विभिन्न परिकारका लागि मानिसहरु गैरीधारास्थित जनकपुर फिस हाउसमा पुग्ने गरेका छन् । जनकपुर माछाका परिकारका लागि चर्चित गन्तव्य हो । जनकपुरमा पाइने माछाका परिकार काठमाडौँबासीलाई चखाउने उद्देश्यले केही समय अघि साहले जनकपुर फिस हाउस सञ्चालनमा ल्याएका हुन् ।