जन्मदिनमा दीपाश्रीले मागिन माफी (भिडियोसहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    जन्मदिनमा दीपाश्रीले मागिन माफी (भिडियोसहित)

    खबरपुञ्ज संवाददाता

    ६ भाद्र २०७७, आईतवार

    काठमाडाै : कलाकार दीपाश्री निरौलाले पुनः माफी माग्नुभएकाे छ । आइतबार परेको जन्मदिनको अवसरमा फेसबुकमार्फत् लाइभ आउँदै दीपाश्रीले मिडियामा प्रस्तुत हुने तरिका नपुगेको भन्दै महानायक राजेश हमाल, दर्शकसँग माफी माग्नुभएकाे हाे। उहाँले अन्तर्वार्तामा जाँदा आफूले तीन वटा गल्ती गरेको बताउनुभएकाे छ ।

    ‘मिडियामा कसरी फेस हुने, शिष्ट सरल हुने, चलाखीपूर्ण तरिकाले कसरी उत्तर दिने भन्नेमा मेरो कमजोरी रहेछ । मैले अहिले महसुस गरे’, उहाँले भन्नुभएकाे छ , ‘सहकर्मी दिपकराज गिरीले नजानु भन्दा वेवास्ता गरेर विना तयारी अन्तर्वार्तामा जानु पहिलो गल्ती थियो। दोस्रो गल्ती मलाई आरोप लाग्ने घोचिला पेचिला प्रश्नहरुले गर्दा आफूलाई, आफ्नो आवेशलाई नियन्त्रण गर्न सकिन। बडि ल्याङग्वेजमा समस्या आयो। तेस्रो गल्ती र प्रमुख गल्ती भनेको मिडियामा कुटनीतिक चलाखी देखाउन सकिन । म एउटा कलाकार भएर अर्को एउटा सिनियर कलाकारको बारेमा टिप्पणी गर्न पुगें। त्यो मेरो ठूलो भुल महसुस भयो।’

    उहाँले सम्पूर्ण नेपालीहरुसँग उक्त शब्द चयनबारे माफी माग्दै आगामी दिनमा राम्रो चलचित्र बनाउने बताउनुभयाे ।

    नमस्कार!आज भाद्र ७ गते , मेरो जन्मदिन!धेरै दिन देखि तपाइहरू बाट अलि टाढा थिएत्यसैले केहि मनका कुरा गर्न मन लाग्यो र एउटा भिडियो बनाएकि छू !आज गते पनि ७ ,तपाइहरू संग पनि सातै मिनेट मागे है?

    Gepostet von Deepa Shree Niraula am Samstag, 22. August 2020