डुम्रेमा बस र माइक्रो ठोक्किदा ११ जना घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    डुम्रेमा बस र माइक्रो ठोक्किदा ११ जना घाइते

    खबरपुञ्ज संवाददाता

    २९ श्रावण २०८२, बिहीबार

    दमाैली, २९ साउन । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा आज साँझ भएको दुर्घटनामा ११ जना घाइते भएका छन् । दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको ग १ ख ७३२९ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको बा ०१–००६ ख ६५०३ नम्बरको विद्युतीय माइक्रो ठोक्किदा ११ जना घाइते भएका हुन् ।

    दुर्घटनामा विद्युतीय माइक्रोमा सवार नौ जना र बसमा सवार दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिए । माइक्रोमा सवारमध्ये दुई जनाको अवस्था गम्भीर रहेको उनले बताए । माइक्रोमा सवार घाइतेलाई लक्ष्मी अस्पताल डुम्रे उपचारका लागि पठाइएको छ भने बसमा सवार घाइतेलाई मोती मेडिकल हल पठाइएको छ ।

    घटनालगत्तै प्रहरी चौकी डुम्रेबाट प्रहरी नायब निरीक्षक विजयनाथ यादवको नेतृत्वमा आठ जना र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक कृष्णबहादुर चन्दको नेतृत्वमा पाँच जनाको टोली खटिएको छ ।