ऑबुखैरेनीका प्रमुख प्रशासकीय अधिकृत बस्नेत एक महिनामै सरुवा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीका प्रमुख प्रशासकीय अधिकृत बस्नेत एक महिनामै सरुवा

    खबरपुञ्ज संवाददाता

    ११ भाद्र २०८२, बिहीबार

    दमौली, १२ भदौ । ऑबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेत एक महिनामै सरुवा भएका छन् । अधिकृत भएपछि पहिलो पटक गाउँपालिकाको जिम्मेवारी सम्हालेका बस्नेत एक महिनामै सरुवा भएका हुन् ।

    बस्नेतको गोरखास्थित धार्चे गाउँपालिकामा सरुवा भएको छ । बस्नेत गत साउन ५ गते ऑबुखैरेनीमा हाजिर भएका थिए ।

    केही दिन अगाडी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानसँग विवाद भएपछि उनी गाउँपालिका छाडेर काठमाडौ पुगेका थिए ।

    ऑबुखैरेनीमा जिल्ला समन्वय समिति मुस्ताङबाट चन्द्रकान्त तिमिल्सिना आउने भएका छन् ।