


दमाैली, १५ भदाै । नेपाल जेसीज क्षेत्र ‘ख’ सम्मेलन २०२६ हेटाैडामा आयाेजना गर्ने निर्णय गरिएकाे छ । दुई दिनसम्म तनहुँ सदरमुकाम दमाैलीमा आयाेजना भएकाे सम्मेलनले आगामी क्षेत्र ‘ख’ सम्मेलन मकवानपुरकाे हेटाैडमा आयाेजना गर्ने निर्णय गरेकाे हाे । उक्त सम्मेलनकाे आतिथ्यता जेसीआई हेटौडा लेडीले गर्नेछ ।
नेपाल जेसीजको आयोजना र व्यास नगर जेसीजको आतिथ्यतामा शनिबार र आइतबार क्षेत्र ‘ख’ सम्मेलन सम्पन्न भएकाे छ । सम्मेलनमा जेसीज क्षेत्र (ख) अन्तर्गतका ४२ शाखाका प्रतिनिधि, नेपाल जेसीजका राष्ट्रिय पदाधिकारीको सहभागिता रहेको थियाे ।
सम्मेलनमा नेपाल जेसीजका नियमित वैधानिक दायित्वका विषयहरुमा छलफल तथा निर्णयहरु गरिएकाे जनाइएकाे छ ।