आदिकविकाे साधारणसभा सुरु, २० गते निर्वाचन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आदिकविकाे साधारणसभा सुरु, २० गते निर्वाचन

    खबरपुञ्ज संवाददाता

    १७ भाद्र २०८२, बुधबार

    दमाैली, १८ भदाै । व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसकाे साधारणसभा बुधबारदेखि सुरु भएकाे छ । साधारणसभाकाे नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले उद्घाटन गरेका थिए ।

    क्याम्पसकाे साधारणसभा अन्तर्गत भदाै २० गते निर्वाचनकाे कार्यतालिका रहेकाे छ । क्याम्पसकाे अध्यक्षका लागि वर्तमान अध्यक्ष बुद्धिमान श्रेष्ठ, कमलामाेहन वाग्ले, चुडामणि दाहाल, केशबहादुर सुनार, ठाकुर दरै लगायतकाे चर्चा छ ।

    विसं २०४३ सालमा समुदायको सक्रियतामा क्याम्पस स्थापना भएको थियो । जुन बेला यस ठाउँमा निर्मल माध्यमिक विद्यालय मात्रै थियो । आफ्नै ठाउँमा क्याम्पस नहुँदा अन्यत्र गएर उच्च शिक्षा अध्ययन गर्नुपर्ने बाध्यता भएपछि स्थानीयवासीले क्याम्पस स्थापना गरेका थिए ।