चितवन : चितवनको भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमित भागेका छन् । उनलाई राखिएको कोठामा नभेटेपछि उनी भागेको आशंका गरिएको छ । भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय ती पुरुष चोरीको आरोपमा पक्राउ परेका थिए ।
उनको कोरोना रिपोर्ट पोजिटिभ आएपछि भदौ ६ गते उनको श्रीमतीको जमानीमा छाडेर भरतपुर अस्पताल पठाइएको थियो । मंगलबार विहानैदेखि अस्पतालमा नभेटिएपछि उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयाे ।