चितवनमा कर्फ्यू हट्यो, जारी गरियो निषेधाज्ञा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    चितवनमा कर्फ्यू हट्यो, जारी गरियो निषेधाज्ञा

    खबरपुञ्ज संवाददाता

    २५ भाद्र २०८२, बिहीबार

    चितवन, २६ भदाै । जिल्ला सुरक्षा समिति चितवनले कर्फ्यू हटाएर निषेधाज्ञाको आदेश जारी गरेको छ। जेन–जी आन्दोलन बढ्दै गएपछि समितिले भरतपुर महानगरपालिकाको संवेदनशील क्षेत्रलाई चार किल्लाभित्र पारेर कर्फ्यू आदेश जारी गरेको थियो।

    बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले अवस्थामा सुधार गएको विश्लेषण गर्दै कर्फ्यू हटाउने निर्णय गरेको हो।

    प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अर्को सूचना जारी नहुदा सम्मका लागि चितवन जिल्लाभर कुनै किसिमको भेला, सभा, जुलस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञाको आदेश जारी गरिएको जानकारी दिए।

    अर्यालले जिल्लामा सरकारी कार्यालयहरुमा भएको क्षति एकिन गरेर रिपोर्ट पेश गर्न सम्बन्धित कार्यालयहरुलाई निर्देशन दिएको पनि जानकारी दिए।