


दमाैली, २६ भदाै । सामाजिक अभियान्ता सुदीप गफ्फारले निषेधाज्ञा र कफ्र्युका कारण समस्यामा परेका बिरामीलाई यातायात सुविधा दिने भएका छन् । बदलिदो परिस्थितिका कारण तनहुँ जिल्लाभर निषेधाज्ञा र कफ्र्यु लागेकाले अस्पतालसम्म आउनुपर्ने बिरामीलाई लक्षित गरी गफ्फारले मोटरसाइकलमा सेवा दिने घोषणा गरेका हुन् ।
गाडी नचलेका कारण जनतालाई समस्या भएको र विशेषरी बिरामीलाई अस्पताल आउने र घर लैजाने व्यवस्था गर्ने उनले बताए ।
यसअघि पनि विभिन्न समयमा उनले बिरामीलाई अस्पताल र घरसम्म मोटरसाइकलमा सेवा दिँदै आएका छन् ।