डिष्ट्रिक स्क्रयावल च्याम्पियनसिपमा तालवेसी प्रथम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    डिष्ट्रिक स्क्रयावल च्याम्पियनसिपमा तालवेसी प्रथम

    खबरपुञ्ज संवाददाता

    ३० भाद्र २०८२, मंगलवार

    दमौली, ३१ भदौ । शुक्लागण्डकी नगरपालिका वडा नं ४ मा अवस्थित लिटलगार्डेन इङ्लिस वोर्डिङ स्कुलमा मंगलबार सम्पन्न डिष्ट्रिक स्क्रयावल च्याम्पियनसिपमा तालवेसी माध्यमिक विद्यालयकी छात्रा प्रशिक्षा पाठक जिल्लामै प्रथम स्थान हासिल गर्न सफल भएकी छन् ।

    उक्त प्रतियोगितामा लिटलगार्डेन इङ्लिस बोर्डिङ स्कुलका विशाल सुनार द्वितीय र तालवेसी माध्यमिक विद्यालयकै कक्षा ८ मा अध्ययनरत छात्रा सन्ध्या श्रेष्ठ तृतीय स्थान हासिल गरेको समितिका सदस्य एवम् तालवेसी माध्यमिक विद्यालयका स्क्रयावल क्लवका फोकल शिक्षक दामोदर रेग्मीले बताए ।

    अंग्रेजी शब्द भण्डार वृद्धि गराउने इन डोर खेल स्क्रयावल पछिल्लो समय विद्यार्थीको रुचीको क्षेत्र बन्दै गइरहेको छ । जिल्ला स्तरीय स्क्रयावल च्याम्पियनसिपमा भाग लिन सहभागी विद्यालयहरुले विद्यालयमै विद्यालय स्तरीय स्क्रयावल च्याम्पियनसिप गरी दुइ जना छनोट गरी पठाएका थिए ।

    लिटलगार्डेन इङ्लिस बोर्डिङ स्कुलका सहायक प्रिन्सिपल राजेश गुरुङले सञ्चालन गरेको उक्त ट्रफी एवं प्रमाण पत्र वितरण कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र र राष्ट्रिय प्रतियोगितामा छनोट प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने छात्रा छात्रलाई ट्रफि र प्रमाण पत्र वितरण गर्दै शुक्लागण्डकी नगरपालिका शिक्षा , युवा तथा खेलकुद शाखाका अधिकृत सुशील नरालले बालबालिकाको प्रतिभा पहिचानका क्षेत्रमा नगरपालिकाले सहयोग गर्ने बताए ।

    स्क्रयावल क्लव तनहुँका संयोजक विनोद पौडेलले आगामी नेशनल स्क्रयावल च्याम्पियनसिपमा असोज २९, ३० र ३१ गते हेटौडामा आयोजना गरिने समेत जानकारी दिए ।