


काठमाडौ, ७ असोज । राजावादी अभियन्ता दुर्गा प्रसाईंले सिंहदरबार जल्दा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) सरकारी पैसामा पानी बाँडिरहेको भन्दै टिप्पणी गरेका छन्। मंगलबार आफ्नै घरमा पत्रकार सम्मेलन गरेर प्रसाईंले बालेन विरुद्ध आक्रामक बयान दिएका हुन्।
‘यही जेन–जी आन्दोलनमा बालेनले सरकारी पैसाबाट पानी बाँडे,’ प्रसाईंले भने, ‘तर, सिंहदरबार जलिरह्यो। सिंहदरबार एउटा सम्पदा हो, सर्वोच्च अदालत एउटा सम्पदा हो। संसद् भवन चाइनाले बनाइदिएको हो। साँच्चैको नेपाली हो भने रुन्छ।’
यस्तै निजी व्यापारिक प्रतिष्ठानहरू भाटभटेनी र हिल्टन होटेल जलेकामा पनि प्रसाईंले आपत्ति जनाए । ‘भाटभटेनी भनेको एउटा सम्पदा हो, मीनबहादुर गुरुङको र मेरो केही कुरामा विमति होला, तर त्यस्ता चिज..। होटेल हिल्टन भनेको एउटा सम्पदा हो। तर त्यस्ता चिजमा आगो लगाउनु हुन्छ?,’ प्रसाईंले अगाडि भने। साँच्चै नेपालीले यस्तो गर्न नसक्ने पनि उनले दाबी गरे।