सहयोग जुटाएर ऋषिङका दृष्टिविहिन आलेलाई ल्यापटप सहयाेग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    सहयोग जुटाएर ऋषिङका दृष्टिविहिन आलेलाई ल्यापटप सहयाेग

    खबरपुञ्ज संवाददाता

    १० आश्विन २०८२, शनिबार

    दमाैली, ११ असाेज । तनहुँको ऋषिङ गाउँपालिका–८ धारुङ गौरीगाउँस्थित दृष्टिविहिन सोलुमाया आलेलाई सहयोग जुटाएर ल्यापटप हस्तान्तरण गरिएको छ । जन्मजात दृष्टिविहिन आलेलाई अध्ययनमा सघाउने उद्धेश्यसहित विभिन्न व्यक्तिबाट रकम जुटाएर ल्यापटप सहयोग गरिएको हो ।

    ‘दृष्टिविहिन सोलुमाया आलेका लागि ल्यापटप अभियान’ सञ्चालन गरी रु एक लाख ६५ हजार नौ सय ५० सङ्कलन भएको स्थानीय अगुवा इन्द्रबहादुर आलेले जानकारी दिए । डेढ महिनाअघि सुरु गरिएको अभियानका लागि ३२ जनाबाट रकम सङ्कलन भएको उनले बताए ।

    सङ्कलित रकममध्ये रु ५४ हजार पाँच सयमा ल्यापटप खरिद गरिएको छ । बाँकी रु एक लाख ११ हजार चार सय ५० मध्ये रु एक लाख आलेको खातामा जम्मा गरिएको छ भने रु ११ हजार चार सय ५० नगदै आज निजको घरमा पुगेर ल्यापटप सहित हस्तान्तरण गरिएको छ ।

    आले हाल पृथ्वीनारायण क्याम्पस पोखरामा बिएड दोस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । यस अभियानका लागि सबैभन्दा बढी रकम हाल अमेरिका निवासी प्राध्यापक बीके रानाले रु ५१ हजार पाँच सय ५६ सहयोग गरेका थिए ।