गण्डकीका मुख्यमन्त्रीको निवासमा फेरि आगजनी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीका मुख्यमन्त्रीको निवासमा फेरि आगजनी

    खबरपुञ्ज संवाददाता

    ११ आश्विन २०८२, आईतवार

    पोखरा, १२ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सरकारी निवासमा पुनः आगजनी भएको छ। गए राति करिब साढे २ बजे अज्ञात समूहले शहीदचोकस्थित सो भवनमा आगो लगाएका हुन्।

    उक्त भवन यसअघि भदौ २४ गते जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा परेको थियो। त्यसपछिको अवस्था मूल्याङ्कन गर्न प्रदेश सरकारले एक प्राविधिक समिति गठन गरेको थियो। समितिको प्रतिवेदन अनुसार भवन मर्मतपछि प्रयोग गर्न सकिने ठहर भएको थियो, र सरकार त्यसको मर्मतको तयारीमा थियो। तर मर्मत सुरु हुनुअघि नै भवनमा पुनः आगजनी भएको हो।

    पहिलेको आगजनीमा भवनको एउटा कोठामा भने कम क्षति पुगेको थियो । सोही कोठामा जल्न बाँकी भएका सामानहरू राखिएको थियो ।

    ‘त्यो निवासमा एउटामात्र कोठा बाँकी थियो । त्यही सग्लो कोठामा खाट, कार्पेट र जल्न बाँकी सामानहरू राखिएको थियो । त्यही आन्दोलन सम्बद्ध समूहले नै जलाएको हो कि भन्ने आशंका छ,’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक अधिकृतले जानकारी दिए । आगजनीपछि मुख्यमन्त्री पाण्डे प्रमुख सचिवको निवासमा बस्दै आएका छन् ।