


काठमाडौं, १४ असाेज । युनिटी कप अन्तरगतको अन्तिम म्याचमा वेष्ट इन्डिजले नेपाललाई १० विकेटले पराजित गरेकाे छ । नेपालले दिएकाे १२३ रनको लक्ष्य वेष्ट इन्डिजले बिना विकेटकाे क्षतिमा १२.२ ओभरमा भेट्यायाे ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपाल १९.५ ओभरमा १२२ रनमा अलआउट भएकाे थियाे ।
ओपनर अमिर जांगुले ४५ बलमा अविजित ७४ रन बनाए भने अकिम अगस्टेले अविजित ४१ रन बनाए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल १९.५ ओभरमा १२२ रनमा अलआउट भयो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले १७, सन्दीप जोराले १४ र कुशल मल्लले १२ रन बनाए ।
सुरुवात राम्रो गरेर पावरप्लेमा ३७-० को अवस्थामा रहेको भएपनि नेपालले त्यसपछि थप ९० रन पनि नजोड्दा सबै विकेट गुमायो ।
वेस्ट इन्डिजका लागि रामोन सिमोन्ड्सले ४ ओभरमा १५ रन दिएर ४ विकेट लिए । जेदिया ब्लेड्सले २ तथा जेसन होल्डर र कप्तान अकिल होसेनले एक-एक विकेट हात पारे ।
नेपालले लगातार दुई जित निकालेर शृंखला यसअघि नै आफ्नो नाममा गरिसकेको छ । आजको खेलमा भने वेस्ट इन्डिज पूर्णरूपा हावी बनेको छ ।