


कञ्चनपुर, २३ असाेज । भीमदत्त नगरपालिका-२ उल्टाखामस्थित लक्ष्मी चन्दको पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-२ बस्ने २५ वर्षीय घनश्याम जोशी समेत १२ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १५ हजार ६ सय १५ रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।