


दमौली, २८ असोज । दलित अभियान्ता खगेन्द्र सुनारले अझै पनि समाजमा दलितमाथि हिंसा र विभेद कायमै रहेको बताएका छन् । मंगलबार दमौलीमा आयोजित कार्यक्रममा बोल्दे सुनारले समाज परिवर्तन भएपनि दलितमाथिको हिंसा नरोकिएको दावी गरे ।
दलितहरुमाथि अत्याचार, अपमान भइरहेको बताउँदै त्यसबारेमा हरेक राजनीतिक दलमा छलफल हुनुपर्ने उनले उल्लेख गरे।
शहरमा बसेका र बुझेका दलितहरुले यस्ता विभेदविरुद्ध बोल्न जरुरी भएको बताउँदै उनले तै चुप मै चुप गरेर बस्न नहुने बताए ।
माओवादी, एमाले, कांग्रेसमा लागेका दलितहरुको अवस्था के छ त्यसतर्फ गम्भीर भएर सोच्न जरुरी रहेको बताउँदै उनले भने, ‘आज भैंसा बाख्राको टाउकाको मूल्य छ, तर दलितको मूल्य कहॉ छ ?’