


दमाैली, २९ असाेज । ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक कृष्णबहादुर चन्दकोे सरुवा भएको छ । नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा कास्की केन्द्रीय अनुसन्धान इकाइ दरबन्दी भएर तनहुँ ट्राफिक प्रहरी प्रमुखमा काजमा कार्यरत चन्दको नेपाल प्रहरी प्रधान कार्यालय विशेष व्युरो राजनीतिक अन्वेषण शाखामा सरुवा भएको हो ।
तनहुँ ट्राफिक प्रहरी प्रमुखमा प्रहरी निरीक्षक प्रदीप थापा आउने भएका छन् । उनी नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान रणनीति तथा कार्ययोजना नक्सालमा कार्यरत छन् ।