जेन्जी आन्दोलनबाट प्रभावित वडालाई दराज प्रदान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जेन्जी आन्दोलनबाट प्रभावित वडालाई दराज प्रदान

    खबरपुञ्ज संवाददाता

    २८ आश्विन २०८२, बुधबार

    दमाैली, २९ असाेज । शुक्लागण्डकी शुक्लागण्डकी नगरपालिका-९ लाई दराज प्रदान गरिएको छ । गत भदाै २४ गते भएकाे जेनजी आन्दाेलनका क्रममा पूर्ण क्षति भएको वडा कार्यालयको सेवा प्रवाहलाई सहज बनाउन दराज सहयोग गरिएको हाे ।

    साेही वडा स्थित शितलबस्ती टोल विकास संस्थाले दराज प्रदान गरेको संस्थाका अध्यक्ष रोहित पौडेलले बताए । पौडेलका अनुसार सार्वजनिक सेवालाई सुचारु गर्न सहज होस भनेर कार्यालयका फाईल सुरक्षित राख्नका लागि दराज प्रदान गरिएको हो ।

    दराज ग्रहण गर्दै वडा अध्यक्ष धनबहादुर थापाले कार्यालय सञ्चालनका लागि अति आवश्यक सामग्री प्राप्त भएकामा खुसी व्यक्त गरे ।

    सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोगी भावना सबैमा हुनु एक सभ्य समाजको परिचय पनि भएकाे भन्दै सधैं वडा कार्यालयबाट सहयोग लिइरहेकामा हाल सहयोग दिनुपर्ने परिस्थितिमा पछि हट्न नहुने टाेलवासी एवं एवं तालवेसी माध्यमिक विद्यालयका शिक्षक दामोदर रेग्मीले बताए।