नेपालले सामाओलाई दियो २१२ रनको लक्ष्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    नेपालले सामाओलाई दियो २१२ रनको लक्ष्य

    खबरपुञ्ज संवाददाता

    ३० आश्विन २०८२, शुक्रबार

    काठमाडौं, ३१ असोज । ओमानमा जारी आईसीसी टी–२० विश्वकप अन्तर्गत सुपर सिक्सको अन्तिम खेलले नेपालले सामोआलाई २१२ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनायो ।

    नेपालका दुई खेलाडीले अर्धशतक प्रहार गरे । आसिफ शेख ४१ बलमा ६९ र दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ५३ रनको योगदान दिए । कुशल भुर्तेल १७ र आरिफ शेख ९ रनमा आउट भए । कप्तान रोहित पौडेल १२ बलमा २१ र लोकेश बम १२ बलमा ३९ रनमा अविजित रहे ।

    नेपालले यो खेलमा जित निकाले छनोटको ट्रफी जित्नेछ । यो छनोटबाट नेपाल, ओमान र युएई शीर्ष तीन टोली अर्को वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा पुगिसकेका छन् ।