


दमौली, २ कात्तिक । तनहुँ उद्योग वाणिज्य संघले थर्पु बजार इकाई म्याग्दे उद्योग वाणिज्य संघमा गाभिएको समाचार सत्य नभएको जनाएको छ ।
संघले आइतबार विज्ञप्ती जारी गरी थर्पु बजारमा म्याग्दे उद्योग वाणिज्य संघ नामक संस्था गठन गरी तनहुँ उद्योग वाणिज्य संघ थर्पु बजार इकाईलाई म्याग्दे उद्योग वाणिज्य संघमा गाभिएको भन्ने भ्रामक समाचारहरू प्रति कुनै सत्यता नरहेको बताएको छ।
संघका महासचिव सुवोध अधिकारीले तनहुँ उद्योग वाणिज्य संघ, थर्पु बजार इकाई समिति अन्य कुनै स्वघोषित संस्थामा नगाभिएको र तनहुँ उद्योग वाणिज्य संघ, थर्पु बजार इकाई थर्पु बजार इकाई समिति नै कायम रहेको जनाएका छन् ।
