


दमौली, ३ कात्तिक । यहाँको व्यास नगरपालिका–४ शितलचोकस्थित भित्री सडकखण्डमा सोमबार साँझ एक व्यक्ति मृत फेला परेका छन् ।
मृत फेला पर्नेमा व्यास नगरपालिका–१० कुमालटारी बस्ने ३५ वर्षीय जेके भन्ने टेकबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृतकको शव परीक्षणका लागि प्रदेश अस्पताल दमौलीमा राखिएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।