


विराटनगर, २७ कात्तिक । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो चढ्दै आएको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
को १ झ ६५० नम्बरको सरकारी गाडीले बिहीबार दिउँसो विराटनगरबाट बेलबारी तर्फ जाने क्रममा ग्रामथान–५ ककडमाडीमा बाटो क्रस गर्दै गरेको को ९ प ७९ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो ।
सो गाडीको ठक्करबाट ग्रामथान गाउँपालिका–५ का ३५ वर्षीय प्रवेश चौधरी गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा विराट नर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ ।