गोरखा-ऑबुखैरेनी सडकमा बस दुर्घटना, २१ जना घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गोरखा-ऑबुखैरेनी सडकमा बस दुर्घटना, २१ जना घाइते

    खबरपुञ्ज संवाददाता

    १४ मंसिर २०८२, आईतवार

    गोरखा, १४ मंसिर । गोरखा-आँबुखैरेनी–गोरखा सडक खण्डअन्तर्गत गोरखा नगरपालिका-११ बाह्रकिलोमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । बाह्रकिलो बजारमा रोकिराखेको ना ४ ख १२१९ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख सुरज अर्यालले बताए ।

    गोरखाबाट चितवन आउँदै गरेको बस दुर्घटनामा परेको हो । ‘बसको ब्रेक नलागेको र ओट् पनि नराखी ड्राइभर झरेका बेला बस गुडेर १० मिटर तल खसेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,’ उनले भने । बसमा कति यात्रु थिए यकिन भइनसकेको पनि उनले बताए । घाइतेहरूलाई गोरखा अस्पताल पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।