


दमौली, २१ मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली काङ्ग्रेस तनहुँले आकाङ्क्षीको नाम सङ्कलन सुरु गरेको छ । पार्टी केन्द्रीय कार्यसमितिको निर्देशन बमोजिम तनहुँमा आकाङ्क्षीको नाम सङ्कलन गरिएको हो ।
तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य प्रत्यक्षका लागि पूर्वमन्त्री एवं पार्टीका केन्द्रीय सदस्य शङ्कर भण्डारी, केन्द्रीय सदस्य गोविन्द भट्टराई, महाधिवेशन प्रतिनिधि रेशम गुरुङ, दीपक भट्टराई, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोख्रेल, उद्धव पौडेल, सरिता गुरुङ, रामचन्द्र पोख्रेल, रमेशबाबु भट्टराई, उदयराज गौलीले आवेदन दर्ता गराएका छन् ।
त्यस्तै समानुपातिकका लागि पवित्रा पौडेल, चिनु पोख्रेल, यमुना विश्वकर्मा, हरिदत्त पौडेल, एलिजा ढकाल, ओजराज पौडेल, डोवाटे विक, प्रकाश पन्थ, गोविन्द ढकाल, समुन्द्र गोदार, चिजा श्रेष्ठ, समुन्द्र गोदारले आवेदन दर्ता गराएका छन् ।