तालवेसीले जित्यो यु–१६ फुटबलको उपाधि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तालवेसीले जित्यो यु–१६ फुटबलको उपाधि

    खबरपुञ्ज संवाददाता

    २१ मंसिर २०८२, आईतवार

    दमौली, २१ मंसिर । एनपिएस गण्डकी प्रदेशस्तरीय अन्तर विद्यालय छात्र यु–१६ फुटबलको उपाधि तालवेसी मावि घारीले जितेको छ । आइतबार भएको उपाधि भिडन्तमा ज्ञान बगैंचा इङलिस् बोर्डिङ स्कुललाई १–० गोल अन्तरले स्तब्ध पार्दै तालवेसीले उपाधि रक्षा गरेको हो ।

    तालवेसीका कृष्ण थापाले पहिलो हाफको ८ मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बन्यो । त्यसपछि दबाबमा खेलेको ज्ञान बगैंचाले गोल गर्ने प्रयास गरेपनि असफल हुदाँ उपविजेतामा सीमित भयो ।

    नेपाल पुलिस स्कुल बेलचौताराले पहिलो पटक आयोजना गरेको प्रतियोगितामा उपाधि विजेता तालवेसीले ५० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको ज्ञानबगैंचाले २५ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

    फाइनल खेलमा निर्णायक गोल गरेका कृष्ण थापा सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले नगद ४ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाए । नेपाल पुलिस स्कुलका राम क्षेत्री (रोशन) प्रतियोगिता अवधिभर ५ गोल गर्दैै सर्वाधिक गोलकर्ता बने ।

    उदयमान खेलाडी नेपाल पुलिसका सुजल पराजुली बन्दा उत्कृष्ट गोल रक्षक तालवेशीका रोशन गुरुङ उत्कृष्ट गोल रक्षक बने । उनीहरुले जनही २ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

    विजेता समूह र खेलाडीलाई गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक तुलबहादुर कार्की, शुक्लागण्डकी–५ का वडाध्यक्ष दीर्घबहादुर थापा, शुक्लागण्डकी नगरपालिका–९ का वडाध्यक्ष धनबहादुर थापा लगायतले पुरस्कृत गरे । मंसिर १७ गतेदेखि सुरु प्रतियोगितामा तनहुँ र कास्कीका १६ विद्यालय सहभागी थिए ।