


दमौली, २२ मंसिर । तनहुँको बन्दीपुर गाउँपालिका- १ पिप्लेमा सोमबार कार दुर्घटना हुँदा घरमा क्षति पुगेको छ । सोमबार सॉझ ४ बजे बाएए१६८१ नम्बरको कार घरमा ठोक्किदा घरमा क्षति पुगेको हो ।
सुनिता भट्टको दुई तले कच्ची घरमा ठक्कर दिँदा घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।
