


दमौली, ९ पुस । उज्यालो नेपाल पार्टीको तनहुँ जिल्ला भेला भोलि शुक्रबार आयोजना हुने भएको छ। भेलामा पार्टीका केन्द्रीय सदस्य कुशल गुरुङ र रिमा विश्वकर्मा सहभागी हुने कार्यक्रम रहेको छ।
भेलाले तनहुँ जिल्ला संयोजक तथा व्यास नगरपालिका संयोजकको घोषणा गर्ने गण्डकी प्रदेश संयोजक मनराज गुरुङले जानकारी दिए ।
कार्यक्रममा पार्टीको वर्तमान राजनीतिक अवस्था, संगठन सुदृढीकरण, आगामी कार्ययोजना तथा स्थानीय तहमा जनसम्पर्क विस्तारका विषयमा छलफल हुनेछ।
