सुदन गुरूङले दिए जाँचबुझ आयोगमा बयान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सुदन गुरूङले दिए जाँचबुझ आयोगमा बयान

    खबरपुञ्ज संवाददाता

    १२ पुष २०८२, आईतवार

    काठमाडाै, १३ पुस । भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको ‍जाँचबुझ आयोगले हामी नेपालका संस्थापक सुदन गुरूङसँग बयान लिएको छ।

    आइतबार आयोगको कार्यालयमा उपस्थित भएर उनले बयान दिइरहेका छन्। बयान अहिले पनि जारी रहेको प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए।

    ‘२/३ घण्टादेखि बयान लिने काम भइरहेको छ, उहाँले यति धेरै कागजात लिएर आउनु भएको छ। हामी हेर्दैछौं,’ उनले भने।

    सुदन गुरूङले पनि सामाजिक सञ्जालमा आफू हामी नेपालीसँग आवद्ध आर्थिक कारोबार सम्बन्धी हालसम्मका सम्पूर्ण कागजातसहित उपस्थित भएको लेखेका छन्।

    आफूमाथि लगाइएका आरोपको सत्यतथ्य प्रमाणका आधारमा स्पष्ट पार्ने उद्देश्यले आफू स्वयं छानबिन प्रक्रियामा अगाडि बढेको गुरूङले बताएका छन्।