


दमौली, २४ पुस । दमौलीमा बिहीबारदेखि सुरु भएको छैटौ आदिवासी जनजाति सांस्कृतिक महोत्सवको झॉकीमा व्यास नगर तमु सुधार समाज, व्यास–३ प्रथम भएको छ ।
कूल ६० अंकमा ५२ अंक सहित व्यास नगर तमु सुधार समाज प्रथम भएको हो । त्यसैगरी ५०.५ अंक सहित मगर सुधार समाज दमौलीले द्वितीय स्थान प्राप्त गरेको छ। मगर गुठ समिति, व्यास–१ ले ५० अंकसहित तृतीय स्थानमा चित्त बुझाएको छ।
४८ अंक सहित मिलन तमु आमा समूह, ४६ अंक सहित छंगेली नेवा खल दमौली र ४५ अंक सहित जनभावना नेवा समूह सान्त्वना भएको छ ।
