


दमौली, ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई गाेरखा-२ बाट उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन। उनले पुराना राजनीतिक दलहरूले व्यवस्था परिवर्तनका लागि गरेको संघर्षबाट प्राप्त उपलब्धिहरूको सारभूत संरक्षण आवश्यक रहेको उल्लेख गर्दै अब २१औँ शताब्दीमा आर्थिक समुन्नतिको बाटो भने नयाँ तथा वैकल्पिक राजनीतिक दल र अभियानहरूबाट मात्र सफल हुने निष्कर्षका साथ उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् ।
फागुन २१ पछि रास्वपाकै नेतृत्व वा सहभागितामा संघीय सरकार बन्न सक्ने सम्भावनालाई औँल्याउँदै डा. वाग्लेले त्यस अवस्थामा राजनीतिक–प्रशासनिक सुधार, सुशासन तथा विकाससँग सम्बन्धित संक्रमणकालीन व्यवस्थापनमा डा. भट्टराईको अनुभवबाट धेरै कुरा सिक्न सकिने बताएका छन् ।