तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको सचिवमा सिम्रन चन्द ठकुरी मनोनित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको सचिवमा सिम्रन चन्द ठकुरी मनोनित

    खबरपुञ्ज संवाददाता

    ९ माघ २०८२, शुक्रबार

    दमौली, ९ माघ । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको सचिव पदमा सिम्रन चन्द ठकुरी मनोनित भएकी छन् । शुक्रबार सम्पन्न इकाईको बैठकले ठकुरीलाई सर्वसम्मत रूपमा सचिवमा मनोनित गर्ने निर्णय गरेको हो ।

    बैठकमा बजार इकाईको संगठनात्मक सुदृढीकरण, व्यवसायिक हित संरक्षण तथा आगामी कार्ययोजनाबारे समेत छलफल गरिएको थियो । सोही अवसरमा इकाईको सक्रियता, जिम्मेवारी र योगदानलाई मध्यनजर गर्दै ठकुरीलाई सचिवको जिम्मेवारी दिइएको जनाइएको छ ।

    ठकुरीले आफूलाई दिएको जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले दमौली बजार क्षेत्रका व्यवसायीहरूको हकहितका लागि काम गर्ने, समस्या समाधानमा सक्रिय रहने र इकाईलाई अझ प्रभावकारी बनाउन पहल गर्ने बताइन् ।