छिम्केश्वरी मन्दिरका लागि न्यौपाने दम्पत्तिद्वारा ५१ हजार सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    छिम्केश्वरी मन्दिरका लागि न्यौपाने दम्पत्तिद्वारा ५१ हजार सहयोग

    खबरपुञ्ज संवाददाता

    १२ माघ २०८२, सोमबार

    दमौली, १२ माघ । भानु नगरपालिका घर भई हाल बेलायतमा बसोबास गर्दै आएका कृष्ण न्यौपाने दम्पत्तिले आँबुखैरेनी गाउँपालिका-५ स्थित छिम्केश्वरी मन्दिरलाई ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । कृष्ण न्यौपाने र उनकी श्रीमती निर्मला न्यौपानेले सो रकम सहयोग गरेका हुन् ।

    मन्दिरको संरक्षण, प्रवद्र्धन तथा व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम मन्दिर परिसरमा नै पुगेर व्यवस्थापन समितिलाई प्रदान गरिएको न्यौपाने दम्पत्तिले बताएका छन् ।
    समय समयमा गृहजिल्ला तनहुँ आईरहने न्यौपाने दम्पत्तिले विद्यालय, स्वास्थ्य चौकी, गरिव असहाय, विपन्न लगायतलाई सहयोग गर्दै आएका छन् ।

    छिम्केश्वरी मन्दिर केवल धार्मिक स्थल मात्र नभई सामाजिक एकता, सांस्कृतिक पहिचान र स्थानीय पर्यटन प्रवद्र्धनको केन्द्र पनि रहेको न्यौपानेले बताएका छन् । न्यौपाने दम्पत्तिबाट प्राप्त सहयोग मन्दिर परिसरको सरसफाई, संरचना सुधार तथा भक्तजनका लागि आवश्यक पूर्वाधार विकासमा खर्च गरिने मन्दिर व्यवस्थापन पक्षले जनाएको छ ।