


दमौली, १३ फागुन । नेकपा एमाले केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नम्बर १ की उम्मेदवार भगवती न्यौपानेले यसपटकको निर्वाचन आफूले जित्नेमा ढुक्क रहेको बताएकी छन् ।
विभिन्न ठाउँमा घरदैलोका क्रममा मतदाताबाट प्राप्त समर्थनले आफ्नो जित निश्चित भएको उनले बताइन् । यसपटक तनहुँले नयाँ इतिहास लेख्ने उनको भनाई छ । घरदैलोमा देखिएको उत्साह, विश्वास र सकारात्मक प्रतिक्रियाले आफूलाई हौसला मिलेको उनले बताइन् ।
न्यौपानेले आज बुधबार दमौली बजारमा घरदैलो गर्ने कार्यक्रम रहेको छ।