अबुधाबीमा इरानी आक्रमणमा मारिने गोरखाका श्रेष्ठ भएको पुष्टि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    अबुधाबीमा इरानी आक्रमणमा मारिने गोरखाका श्रेष्ठ भएको पुष्टि

    खबरपुञ्ज संवाददाता

    १७ फाल्गुन २०८२, सोमबार

    दमौली, १८ फागुन । अबुधाबीमा इरानी आक्रमणबाट मारिने नेपाली गोरखाका दिवस श्रेष्ठ भएको पुष्टि भएको छ । जायद अन्तर्राष्ट्रिय विमानस्थलमा डोन निस्कृय पार्ने क्रममा भएको घटनामा सेक्युरिटी गार्डको रुपमा कार्यरत गोरखाका २९ वर्षीय श्रेष्ठको मृत्यु भएको नेपाली राजदुतावास अबुधाबीले जनाएको छ ।

    दुतावासले श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेको छ । परिस्थिति सहज भएपश्चात् स्वर्गीय श्रेष्ठको पार्थीव शरीर स्वदेश फिर्ता लैजाने लगायतका सम्पूर्ण कार्यमा सहजीकरण गर्न नेपाली राजदुतावास तत्पर रहेको जनाइएको छ ।