एनआरएनए युरोप उपसंयोजकमा तनहुँका पौडेलको उम्मेदवारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एनआरएनए युरोप उपसंयोजकमा तनहुँका पौडेलको उम्मेदवारी

    खबरपुञ्ज संवाददाता

    २८ फाल्गुन २०८२, शुक्रबार

    काठमाडौ, २९ फागुन । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी १२औँ विश्व सम्मेलन (२०२५–२०२७) अन्तर्गत युरोप क्षेत्रीय उप-संयोजक पदका लागि तनहुँ घर भई हाल स्पेन निवासी यज्ञ नारायण पौडेलले उम्मेदवारी दर्ता गरेका छन् ।

    लामो समयदेखि स्पेनमा बसेर नेपाली समुदायको हितमा सक्रिय पौडेलको उम्मेदवारीले युरोपभर रहेका प्रवासी नेपालीहरूमा उत्साह देखिएको छ। समर्थकहरूले उनको अनुभव, सेवाभाव र स्पष्ट दृष्टिकोणले एनआरएनए युरोपलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेका छन्।

    मार्च १४–१६ मा हुने निर्वाचन प्रक्रियाले युरोप क्षेत्रको आगामी नेतृत्व तय गर्नेछ।