एल.पि. ग्यासको बिक्री–वितरण व्यवस्थित गर्न नगरपालिकाको अनुरोध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एल.पि. ग्यासको बिक्री–वितरण व्यवस्थित गर्न नगरपालिकाको अनुरोध

    खबरपुञ्ज संवाददाता

    ३० फाल्गुन २०८२, आईतवार

    दमौली, १ चैत । तनहुँको शुक्लागण्डकी नगरपालिकाले खाना पकाउने एल.पि. ग्यासको बिक्री–वितरणलाई नियमित र व्यवस्थित बनाउन व्यवसायी तथा उपभोक्तालाई अनुरोध गरेको छ । नगर प्रमुख कृष्णराज पण्डितले आइतबार विज्ञप्ती जारी ग्यासमा कृत्रिम अभाव सिर्जना नगर्न आग्रह गरेका हुन् ।

    नगरपालिका क्षेत्रमा ग्यासको कृत्रिम अभाव हुन नदिन र सहज वितरण सुनिश्चित गर्न व्यवसायी तथा उपभोक्तालाई निश्चित मापदण्ड पालना गर्न आग्रह गरिएको पण्डितले जानकारी दिएका छन् । साथै प्रचलित कानून विपरीतका गतिविधि भएमा नियामक निकायबाट अनुगमन गरी कारबाही गरिने चेतावनी पनि दिइएको छ।

    विक्रेताहरूलाई दैनिक रूपमा प्राप्त र बिक्री गरिएको परिमाणको स्पष्ट अभिलेख राख्न, अनावश्यक रूपमा सिलिण्डर होल्डिङ नगर्न तथा बढी मूल्यमा बिक्री नगर्न निर्देशन दिइएको छ।

    त्यस्तै उपभोक्ताहरूलाई पनि आवश्यक परिमाणमा मात्र ग्यास खरिद तथा प्रयोग गर्न, अनावश्यक भण्डारण नगर्न र सम्भव भएसम्म वैकल्पिक रूपमा विद्युत् प्रयोग बढाउन अनुरोध गरिएको छ।

    नगरपालिकाले कहीँकतै कालोबजारी, कृत्रिम अभाव सिर्जना वा नियमविपरीत कार्य भएको जानकारी पाएमा जिल्ला प्रशासन कार्यालय तनहुँ, जिल्ला प्रहरी कार्यालय तथा शुक्लागण्डकी नगरपालिकामा तत्काल सूचना दिन समेत आग्रह गरेको छ।