फेसलेस र पेपरलेस सरकारी सेवाको घोषणा, अब घरमै सरकारले राहदानी र नागरिकता पुर्‍याउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    फेसलेस र पेपरलेस सरकारी सेवाको घोषणा, अब घरमै सरकारले राहदानी र नागरिकता पुर्‍याउने

    खबरपुञ्ज संवाददाता

    १३ चैत्र २०८२, शनिबार

    काठमाडौ, १४ चैत । नागरिकले सरकारी सेवा लिन घण्टौँ लाइन बस्नुपर्ने झन्झट अन्त्य गर्न सरकारले फेसलेस र पेपरलेस सेवाको घोषणा गरेको छ । शासकीय सुधारको १०० बुँदे कार्यसूची सार्वजनिक गर्दै सरकारले अब सबै सरकारी प्रक्रियाहरूलाई फेसलेस (अनुहार देखाउनु नपर्ने), टाइम-बाउन्ड र ट्र्याकिङ योग्य बनाउने निर्णय गरेको हो ।

    यस नयाँ व्यवस्थाअनुसार राहदानी, नागरिकता र सवारी चालक अनुमति पत्र जस्ता महत्वपूर्ण सेवाहरू अब डिजिटल माध्यमबाटै सहजै उपलब्ध गराइनेछ । साथै, सरकारले आगामी १०० दिनभित्र गभर्मेन्ट कुरियर सर्भिस सुरु गर्ने भएको छ । जसअन्तर्गत हुलाक सेवामार्फत सरकारी कागजातहरू सिधै नागरिकको घरमै पुर्‍याउने व्यवस्था मिलाइनेछ । यस कदमले प्रशासनिक ढिलासुस्ती र बिचौलियाको चलखेल पूर्ण रूपमा अन्त्य हुने सरकारको विश्वास छ।