एजेन्सी : नयाँ सिजनको इटालियन सिरी ‘ए’ को खेल तालिका सार्वजनिक भएको छ । आयोजक इटली फुटबल फेडेरेसनले बुधबार २०२०–२१ को सिजनको खेल तालिका सार्वजनिक गरेको हो ।
सिरी ‘ए’ २० सेप्टेम्वर २०२० मा शुरु भएर २३ मे २०२१ मा सम्पन्न हुनेछ । तालिका अनुसार नयाँ प्रशिक्षक आन्द्रे पिर्लाेको टोली युभेन्टसले घरेलु मैदानमा साम्पडोरियासँग खेल्दै नयाँ सिजनको शुरुवात गर्नेछ । जुन प्रशिक्षक पिर्लाेको लागि सिरी ‘ए’ को डेब्यु प्रशिक्षण खेल हुनेछ ।
यस्तै एन्टेनियो कोन्टेको इन्टर मिलानले यसै सिजन शीर्ष डिभिजनमा फर्किएको बेनेभेन्टोको भ्रमण गर्दैछ । यस्तै पहिलो राउन्डमा एसी मिलानले बोलोग्ना, नेपोलीले पर्मा, फियोरेन्टिनाले टोरिनो, जिनोआले क्रोटोन, लाजियोले एटलान्टा, सस्सुलोले काग्लिएरी, उडिनेसीले स्पेजिया र भेरोनाले रोमासँग प्रतिस्पर्धा गर्नेछ ।
सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो सम्मिलित युभेन्टसले गत सिजन उपाधि जित्दै कीर्तिमानी १०औं पटक सिरी ‘ए’ च्याम्पियन बन्न सफल भएको थियो । युभेन्टस यसपटक पनि च्याम्पियन बन्ने दाँउमा हुनेछ । इन्टर मिलान, एसी मिलान, एटलान्टा, लाजियो, नेपोली र रोमा पनि सिरी ‘ए’ जित्ने अभियानमा हुनेछ ।