


संयुक्त राष्ट्रसंघको ७९ औँ महासभा (79th General Assembly) ले पारित अन्तर्राष्ट्रिय आरोग्य दिवस (International Wellness Day) घोषणा अप्रिल १५ का दिनमा मनाउने अन्तर्राष्ट्रिय दिवस हो। यो दिवसको उद्देश्य केवल रोग नभएको अवस्थालाई मात्र होइन, समग्र स्वस्थ जीवन (Holistic Wellness) लाई प्रबर्धन गर्नु हो । नेपालको योग र प्राकृतिक उपचार परम्परालाई विश्वमा मुख्यतया अन्तर्राष्ट्रिय आरोग्य दिवस (International Wellness Day) मार्फत एउटा विशिष्ट पहिचानका रूपमा चिनारी गर्न यसले महत्वपूर्ण भूमिका राख्दछ । यस सम्बन्धमा उल्लेख गरिएका मुख्य बुँदाहरू यस प्रकार छन्:
पृष्ठभूमि
नेपालको प्रस्तावमा सन् २०२४ डिसेम्बर ९ (२०८१ मंसिर २४ गते) संयुक्त राष्ट्र संघ ७९ औँ महासभा द्वारा घोषणा गरिएको अन्तराष्ट्रिय आरोग्य दिवस (International Wellness Day) हरेक वर्ष अप्रिल १५ मा मनाइने भएको छ। यसको उद्देश्य विश्वभर आरोग्य (wellness) को अवधारणा फैलाउनु हो। यसको मुख्य लक्ष्य मानिसहरूलाई रोगमुक्त राख्नु मात्र नभई शारीरिक, मानसिक , सामाजिक र आध्यात्मिक रुपमा पूर्णतः स्वस्थ बनाउने समग्र जीवनपद्धति विकास गर्नु हो। यो दिवसले योग, ध्यान, प्राकृतिक चिकित्सा र सन्तुलित खानपान जस्ता परम्परागत ज्ञानलाई आधुनिक जीवनशैलीसँग जोड्न विशेष जोड दिन्छ । यसको माध्यमबाट विश्वभर तनाव व्यवस्थापन र सकारात्मक सोचको प्रवर्द्धन गर्दै स्वास्थ्यलाई उपचारको सट्टा रोकथाम र अनुशासनका रूपमा स्थापित गर्न खोजिएको छ। अन्ततः यो अभियानले नेपालको मौलिक स्वस्थ जीवनशैलीलाई विश्वस्तरमा चिनाउँदै स्वस्थ र सन्तुलित समाज निर्माण गर्ने उद्देश्य राख्दछ।
मुख्य उद्देश्य
आरोग्य (Wellness) भनेको के हो?
आरोग्य भन्नाले: “आरोग्य केवल उपचार होइन, जीवन जीउने कला हो ।”
कसरी मनाइन्छ?
महत्व
आजको व्यस्त जीवनशैली, तनाव र रोगको बढ्दो अवस्थालाई ध्यानमा राख्दै, यो दिवसले हामीलाई: “स्वास्थ्यभन्दा ठूलो धन केही छैन।”भन्ने ज्ञान दिन्छ यसले हामीलाई आरोग्य भएर बाँच्न आवश्यक आधारभूत सीप, ज्ञान र व्यवहार सिकाउने प्रयास गर्दछ ।”
निष्कर्ष
हालै नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीहरू नेपाललाई आरोग्य पर्यटन (पूर्वीय दर्शन, ध्यान, योग, प्राकृतिक चिकित्सा लगायत) को हव बनाउन १५ दिनभित्र आरोग्य पर्यटन रणनीति जारी गर्ने। साथै, नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघले अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने निर्णय गरेकोमा उक्त प्रस्तावमा मतदान गर्ने सबै सदस्य राष्ट्रहरूलाई धन्यवाद ज्ञापन गर्ने। आरोग्य पर्यटनलाई आर्थिक रूपान्तरणको राष्ट्रिय एजेन्डाको रूपमा लिई “Nepal Wellness Year 2027” मनाउन अन्तरनिकाय समन्वय संयन्त्र बनाउने भन्ने प्रस्ताबलाई कार्यान्वयनमा लैजान सहज बनाउछ । अप्रिल १५ को अन्तर्राष्ट्रिय आरोग्य दिवस भविष्यमा विश्वभर लोकप्रिय बन्दै जाने सम्भावना भएको दिवस हो, जसले नेपालको योग, ध्यान र प्राकृतिक उपचार परम्परालाई विश्वमाझ चिनाउने अवसर पनि दिन्छ।
लेखक प्रदेश आयुर्वेद चिकित्सालय, तनहुँका बरिष्ठ कविराज निरीक्षक हुन्